१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


एमाले बागमती प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता


3.458k
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, कैलासप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ र केशवराज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्दैछ । नेतृत्व चयनका लागि बिहीबार बिहान ८ बजेदेखि मतदानको कार्यसूची तय भएको छ ।