
एजेन्सी । अमेरिकामा अर्को वर्ष हुने राष्ट्रपतिय निर्वाचनको लागि रिपब्लीकन पार्टीको उम्मेदवार बन्ने दौडमा रहेकाहरुबिच बिहीबार दोस्रो चरणको बहस हुँदैछ ।
क्यालिफोर्नियामा हुने पार्टीको दोस्रो राष्ट्रपति बहसमा सात रिपब्लिकन उम्मेद्वारहरु आमने सामने भईरहेका छन् । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प भने पहिलो बहसमा जस्तै यो बहसमा पनि अनुपस्थित हुनुहुन्छ ।
आफु रिपब्लीकन उम्मेदवारहरुको दौडमा सबैभन्दा अगािड रहेकोले बहस आवश्यक नपर्ने उहाँको तर्क छ । दोस्रो चरणको बहसमा रिपब्लीकन उम्मेदवारहरु रोन डिसेन्टिस, विवेक रामास्वामी, निक्की हेली, माइक पेन्स, टिम स्कट, क्रिस क्रिस्टी र डग बर्गम सहभागि छन् । पहिलो बहसमा प्रभाव जमाएका निक्की हेली र विवेक रामास्वामीले यसपटक आफ्नो लोकप्रियता अझै बढाउने प्रयास गर्नेछन् ।
सर्वेक्षण अनुसार पूर्व राष्ट्रपति ट्रम्प अन्य प्रतिस्पर्धीभन्दा ४० अंकले अगाडि हुनुहुन्छ । पार्टीको बहस छोडेर उहाँ मिचिगन राज्यमा आयोजित एक चुनावी कार्यक्रममा सहभागि हुनुभएको छ । उहाँले हड्तालमा रहेका अटोबाइल मजदुर युनियनको माग सम्बोधन गर्ने प्रयासस्वरुप उनीहरुसँग भेटघाट गर्नुभएको छ ।
आसन्न चुनावमा सहज हुने अनुमानसहित राष्ट्रपति जो बाइडेनले पनि आन्दोलनरत मजदुहरुलाई भेट्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्