१९ चैत्र २०८१, मंगलबार | Wed Apr 2 2025


एमाले कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र आज


208
Shares

काठमाडौं । नेकपा (एमाले) को कर्णाली प्रदेश अधिवेशन अन्तर्गत बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुँदैछ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार उद्घाटन गर्नु भएको अधिवेशनको बन्दसत्र बिहीबार हुन लागेको हो ।

बन्दसत्रमा राजनीतिक सांगठनिक, लेखाप्रतिवेदनमाथि छलफल हुनेछ ।

कर्णाली प्रदेशकालागि अध्यक्षको उम्मेदवारमा गुलाबजंग शाह, लालबहादुर महतारा, मीनबहादुर शाही र राजबहादुर शाहीको चर्चा रहेको छ ।

अध्यक्ष ओलीले अधिवेशनमा सर्वसम्मत नभए व्यक्तिगत चुनाव लड्नुपर्ने तर, प्यानल बनाउन नपाइने बताउनुभएको छ ।