
काठमाडौं । एसियन गेम्स अन्तर्गतको महिला फुटबलमा बिहीबार नेपालले बंगलादेशको सामना गर्नेछ ।
चिनको वेन्झाउ स्पोर्ट्स सेन्टरमा नेपाली समय अनुसार बिहीबार दिउँसो पौने २ बजे यो खेल सुरु हुनेछ । यो खेल दुबै टोलीका लागि प्रतिष्ठाको विषय मात्रै हुनेछ ।
चिनको ह्याङचाउमा जारी एसियाडको महिला फुटबलतर्फ समुहका सुरुवाती दुई खेलमा नेपाल र बंगलादेश पराजित भइसकेको छन् । नेपाललाई समुहको पहिलो खेलमा भियतनामले तथा दोस्रो खेलमा जापानले हराएको थियो ।
बंगलादेश पनि यी दुबै प्रतिस्पर्धीसँग पराजित भएको थियो । बंगलादेश साफ महिला च्याम्पियनसिपको विजेता टोली हो भने नेपाल उपविजेता हो ।
प्रतिक्रिया दिनुहोस्