२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


मधेशमा एमाले नेतृत्वको सरकार बन्नुपर्छ : योगेश भट्टराई


481
Shares

काठमाडौं । नेकपा (एमाले)का सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मधेसमा सुशासन र आर्थिक समृद्धि हासिल गर्न एमालेको सरकार आवश्यक रहेको बताउनुभएको छ ।

बिहीबार एमाले मधेश प्रदेशले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले मधेशमा सुशासन कायम गर्न र आर्थिक, सामाजिक समृद्धिका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको बताउनुभएको हो । उहाँले अघिल्लो पाँच वर्षको कार्यकाल र अहिलेको एक वर्षे कार्यकाल हेर्दा मधेस प्रदेशमा एमालेको बहुमतसहितको मुख्यमन्त्री हुनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

सचिव भट्टराईले मधेशी समुदायको स्वाभिमानलाई माथि उठाउन पनि मधेश सरकारको नेतृत्व एमालेले गर्नुपर्ने बताउनुभयो । उहाँले २०८४ सालमा मधेस सरकार एमाले नेतृत्वमा बनाउने गरी अघि बढ्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

एमाले मधेश प्रदेशको अधिवेशन जनकपुरधाममा असोज २४ र २५ गते हुने भएको छ । बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गर्दै मधेश प्रदेशको पहिलो अधिवेशनको लोगो र नारा सार्वजनिक गरिएको छ ।