
काठमाडौं । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको मतदान शुक्रबारका लागि सरको छ ।
अध्यक्षमा सहमतिको प्रयास जारी रहेको भन्दै साँझ ६ बजेबाट हुने भनिएको मतदान शुक्रबारका लागि सरेको हो ।
शुक्रबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म मतदानको समय तोकिएको एमाले नेता शेरबहादुर तामाङले जानकारी गराउनुभयो ।
प्रदेश अध्यक्षका लागि कृष्ण दाहाल, कैलाश ढुंगेल, सानुकुमार श्रेष्ठ, केशव पाण्डे र केशरबहादुर बुढाथोकीको उम्मेदवारी परेकोमा तीन जनाले फिर्ता लिएपछि दाहाल र ढुंगेलको मात्रै उम्मेदवारी कायम भएको पनि तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्