
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ।
शुक्रबार बिहान देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भू-भागहरुमा आँशिक बदली देखि सामान्यतया मौसम सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
यस्तै, शुक्रबार राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र मधेश प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी भू-भागको एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया दिनुहोस्