२८ फाल्गुन २०८१, बुधबार | Thu Mar 13 2025


एसियन गेम्समा नेपालको कमजोर प्रदर्शनकै निरन्तरता


1.989k
Shares

काठमाडौं । चिनको ह्याङचाउमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको फितलो प्रदर्शन जारी छ ।

२ सय ५३ खेलाडी पठाएको नेपालले प्रतियोगिताको ११ औं दिनसम्म पदक जित्न सकेको छैन । केही खेलाडीको क्वाटरफाइनलसम्मको यात्रालाई प्रतियोगितामा नेपालको अहिलेसम्मको सफलता मान्नु परेको छ ।

पदकको आशा गरिएका बक्सीङ, तेक्वान्दो जस्ता खेलमा नेपाल निराश हुनुपरेको छ । टिम गेमतर्फ पनि नेपालको प्रदर्शन बिर्सनलायक रहेको छ । एसियाका ४५ देशले सहभागिता जनाएको एसियाडमा बिहीबारसम्म ३३ राष्ट्रले पदक जितिसकेका छन् ।

तालिकामा ९० स्वर्ण पदकसहित चिन अग्र स्थानमा रहेको छ । २४ स्वर्ण पदक जितेको दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको जापानले १८ स्वर्ण पदक जितेको छ । उज्वेकिस्तान, भारत र थाइल्याण्डले समान ६ वटा स्वर्ण पदक हात पारेका छन् ।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपालसँगै पाकिस्तान, माल्दिभ्स र भुटानले पदक जित्न सकेका छैनन् ।