
एजेन्सी । युरोपेली संघ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न दिने घोषणा गरेको छ ।
इयुको यो घोषणाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज हुने भएको छ । इयुको अध्यक्षता गरिरहेको स्पेनले युक्रेनी जनतालाई सहयोग गर्ने बताएको छ ।
इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ ।
मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि लाखौं युक्रेनी शरण खोज्न युरोप छिरेका थिए भने पश्चिमा समर्थक तथा छिमेकी देशहरु रुसविरुद्ध कठोर भएका छन् ।
प्रतिक्रिया दिनुहोस्