
web pic
एजेन्सी । नेदरल्यान्ड्सको रोटरडम शहरमा एक व्यक्तीले दुई ठाउँमा अन्धाुधन्द गोली चलाएर तिन जनाको हत्या गरेका छन् ।
प्रहरीका अनुसार ३२ वर्षीय पुरुष आक्रमणकारीले एउटा घरमा गोली चलाएर आमा छोरीको हत्या गरेका थिए । त्यसपछि घरमा आगजनी गरेका ति आक्रमणकारीे इरास्मस मेडिकल सेन्टरमा प्रवेश गरि अर्का एक जनाको हत्या गरेका थिए ।
पहिलो गोली प्रहारबाट ३९ वर्षीया एक महिला र उनकी १४ वर्षीया छोरीको मृत्यु भएको थियो । त्यसपछि ती व्यक्तीले अस्पतालमा ४३ वर्षीय पुरुष प्राध्यापकको हत्या गरेका हुन् ।
प्रहरीले गोली चलाउने बन्दुकधारीलाई नियन्त्रणमा लिएर छानविन अघि बढाएको छ । उनी सोही अस्पतालसँग सम्बद्ध इरास्मस विश्वविद्यालयका विद्यार्थी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्