२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोशीमा दुध उत्पादन उल्लेख्य बजारीकरण नहुँदा बिक्रीमा समस्या


637
Shares

काठमाडौं । कोशी प्रदेशमा दुध उत्पादन बढेर बिक्रि नहुँदा किसान मारमा परेका छन् ।

पछिल्लो समय किसान पशुपालनमा आकर्षित भए पनि उनीहरुले उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानहरु मारमा परेका हुन् ।

कोशी प्रदेशमा दुध उत्पादन आवश्यकता भन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

मोरङको कानेपोखरीमा सञ्चालित नवदुर्गा डेरीले गत वर्षको यही सिजनमा ४ हजार लिटर दुध संकलन गरेको थियो । अहिले ८ हजार लिटर प्रतिदिन संकलन भइरहेको छ । डेरीका सञ्चालकले दुध विक्री नभएर ठुलो समस्या आएको बर्ताका छन् ।

उत्पादन बढेपछि दुग्ध व्यवसायीले नयाँ बजारको रूपमा बंगलादेश निर्यातको सम्भावना खोजी गर्न थालेका छन् । डेरी उद्योगीको टोली अहिले नयाँ बजार खोजी गर्दै बंगलादेश पुगेको छ । ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एसोसिएसन समेतको प्रतिनिधिमण्डल बंगलादेशमा दुध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको हो ।

दुधको उत्पादन बडेसँगै कोशी प्रदेशमा दुधबाट पाउडर उत्पादन गर्ने प्लान्ट पनि थपिएका छन् ।