
फाइल तस्बिर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीको सुरक्षामा असुरक्षित ठानिएका अस्पतालमा सरकारले हतियारसहितका सुरक्षाकर्मी राख्ने बताउनुभएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको बैठकमा स्वास्थ्यमन्त्री बस्नेतले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरी असुरक्षित ठानिएका अस्पतालहरूमा बढीमा ७ जनासम्म हतियारसहितका सुरक्षाकर्मी राख्ने निर्णय भएको जानकारी गराउनुभयो ।
समिति बैठकमा गृहसचिव दिनेश भट्टराईले पछिल्लो समय चिकित्सकहरूमाथि भएको घटना र कारबाहीबारे जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्