
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनभावना अनुसार काम नगरेको आरोप लगाउनुभएको छ ।
एमाले कोशी प्रदेश अधिवेशन उदघाटन गर्न शुक्रबार विराटनगर पुग्नु भएका ओलीले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दे सरकारले केही काम नगरेको आरोप लगाउनुभएको हो । ओलीले अब दलहरूले सरकारको विकल्पबारे छलफल गर्ने समय भएको पनि बताउनुभयो ।
तर, आफूहरूले सरकारमा जान भने नचाहेको अध्यक्ष ओलीले जिकीर गर्नुभयो । उहाँले कांग्रेससहितको गठबन्धन सरकार भनिए पनि कांग्रेस कहाँ छ भन्ने प्रश्न गर्नुभयो । नेकपा एमालेको कोशी प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ । अधिवेशनको उदघाटन गर्न अध्यक्ष ओली बिराटनगर पुग्नु भएको हो । एमाले नेताहरुका अनुसार गृह प्रदेश भएका कारण अध्यक्ष ओलीले कोशी प्रदेश कमिटीमा सर्वसम्म नेतृत्व चयनका लागि निर्देशन दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्