२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


अर्थ समितिले सरकारलाई दिएका निर्देशन कार्यान्वयन भएनन् : सभापति चालिसे


234
Shares

काठमाडौं । अर्थ समिति सभापति सन्तोष चालिसेले अर्थसमितिले सरकारलाई दिएका ८० प्रतिशत निर्देशन कार्यान्वयन नभएको बताउनुभएको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिले समितिको बैठकमा बोल्दै सभापति चालिसेले यस्तो बताउनुभएको हो । उहाँले सरकारले समितिले दिएका निर्देशन पालना नगरे बैठक नै नबस्ने बताउनुभयो ।

सभापति चालिसेले बैठकको भत्ता मात्रै लिनको लागि बैठक बसेर निर्देशन दिने तर सरकारले कार्यान्वयन नगर्दा नकारात्मक सन्देश गएको बताउनुभयो । उहाँले समितिले अहिलेसम्म दिएका निर्देशन पालना नभएको र सरकारले गरेका निर्णय कार्यान्वयनको विषयमा समितिले व्यापक छलफल गरी अनुगमन गर्न आवश्यक रहेको बताउनुभयो । सभापति चालिसेले भन्सार कार्यालयहरुमा सामान आयात गरेर भन्सारमा नै थन्काउने र आयातकर्ता सम्पर्कमा नपाउदाँ भन्सारमा अर्बाैंको सामान थन्किएर बसेको बताउनु भयो ।

सभापति चालिसेले भन्सार प्रमुखहरुले अर्थ समितिलाई फोन गरेर भन्सार अनुगमनको लागि आग्रह गरेको बताउनुभयो । उहाँले भन्सारमा ठूलो रकमको राजस्व गुम्दा समेत सरकार मौन बसेर राजस्वको चिन्ता गर्ने काम मात्रै भएको बताउनुभयो ।