
काठमाडौं । सिक्किममा आठ दिवसीय इन्द्र जात्रा पर्व सम्पन्न भएको छ ।
शुक्रबार कुमारीको पूजापछि गान्तोकको भानु पार्कबाट जेएन रोड, काजीरोड, एमजी रोर्ड हुँदै मनन भवनसम्मको रथ यात्रासँगै इन्द्रजात्रा सम्पन्न भएको हो ।
समापनको अवसरमा विभिन्न साँस्कृतिक कार्यक्रम पनि गरिएको थियो । सो अवसरमा मुख्यमन्त्री पिएस तामाङ्गले समाज, कला, साहित्य र संस्कृतिमा विशिष्ट योगदान गर्नेहरुलाई अभिनन्दन गर्नुभएको थियो ।









प्रतिक्रिया दिनुहोस्