१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


गौहत्याको विरोधमा जनकपुरमा प्रर्दशन


273
Shares

काठमाडौं । गौहत्याको विरोधमा जनकपुरमा पनि प्रर्दशन गरिएको छ ।

देशका विभिन्नमा भागमा गौहत्या भइरहँदा पनि सरकार मौन रहेको भन्दै साधुसन्तहरुले शुक्रबार जनकपुरमा र्‍यालीसहितको विरोध प्रर्दशन गरेका हुन ।

गौहत्या जस्तो अराजकता बन्द गर्नका लागि आफूहरुले सरकारको ध्यानाकर्षण गराउन सो बिरोध प्रर्दशन गर्नु परेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताउनुभयो । उहाँले गौहत्या गर्नेमाथि सरकारले कारबाही नगरेसम्म आफूहरुको विरोध प्रर्दशन जारी रहने चेतावनी समेत दिनुभयो ।

जानकी मन्दिरबाट निकालिएको सो र्‍याली नगरको विभिन्न भागको परिक्रमा गर्दै राम मन्दिर पुगेर कोणसभामा परिणत भएको थियो । र्‍यालीमा गौहत्या बन्द गर, गौहत्या गर्नेलाई फाँसी दे, हिन्दु राष्ट्र कायम गर लगायतका नाराहरु लगाइएको थियो ।