
काठमाडौं । इन्द्रजात्रा अन्तर्गत शुक्रबार जीवित देवदेवी गणेश, भैरव र कुमारीको रथयात्रा भइरहेको छ ।
कुमारी घरबाट सुरु गरिएको रथयात्रा प्याफल, यत्खा, न्यत, तेंगल, न्ह्योखा, बांङ्गेमुढा, असन, जनबहाल, इन्द्रचोक, मखन र हनुमान ढोकाबाट पुनः कुमारीघर फर्काइने छ ।
रथयात्राको क्रममा श्वेत भैरव लगायत विभिन्न स्थानमा तान्त्रिक खाजाको रुपमा लिइने समय्बजी प्रसादको रुपमा वितरण गरिएको छ । श्वेत भैरवको मुखबाट सर्वसाधारणका लागि जाँड र रक्सी समेत प्रसादको रुपमा वितरण गरिएको छ ।
सो अवसरमा लाखे नाच, पुलुकिसी नाच, आकाश भैरव, दिप्याखँ र भक्तपुरको महाकाली नाच पनि प्रदर्शन गरिएको छ । काठमाडौंमा शुक्रबार दलुचामा दिपदान गरेर इन्द्रको पूजा गर्ने चलन समेत रहेको छ ।









प्रतिक्रिया दिनुहोस्