२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


एमाले कर्णली प्रदेशको नेतृत्व चयनका लागि आज मतदान


156
Shares

काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ ।

शनिबार दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुने निर्वाचन मण्डलले जनाएको छ । प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।

यस्तै, कर्णालीका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षका पाँच उम्मेदवारमध्ये तीन जना कालीकोट जिल्लाका हुन् ।

मीनबहादुर शाहीविरुद्ध प्रेमबहादुर सिंह र प्रकाश रोकाया मैदानमा उत्रिएका हुन् । यी दुई नेताको कुनै पनि प्यानल भने छैन् ।