१ बैशाख २०८२, सोमबार | Mon Apr 14 2025


वीरेन्द्रनगरस्थित एक स्कुलको होस्टलमा ८ वर्षीय बालक मृत फेला


845
Shares

काठमाडौं । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ ।

वीरेन्द्रनगर घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा गएराति चामुण्डा बिन्द्रासैनी नगरपालिका दैलेखका ८ वर्षीय सलाम पुलामी मगर झुण्डिएको अवस्थामा मृत भेटिएका थिए

उनी कक्षा २ मा पढ्थे । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरुले विद्यालमा तोडफोड र आगजानी गरेका छन् । घटनाको छानबिन गर्नुपर्ने भन्दै आक्रोशित भिड तोडफोडमा नै उत्रिएपछि भिडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको थियो । प्रहरी र आन्दोलनकारीबीचको झडपले उषा विद्यालयको परिसर तनावग्रस्त बनेको थियो ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपालचनेद्र भट्टराईले घटनाको अनुसन्धान भईरहेको बताउनुभयो ।