
काठमाडौं । ज्यापु महागुथी नेपालले नेपालको मौलिक बाजा धुँन्या र धिमे तथा प्वंगाको प्रस्तुती गरेको छ ।
विश्व पर्यटन दिवस २०२३ को अवसरमा काठमाडौं महानगरपालिकाको विशेष सहयोगमा बसन्तपुरमा आयोजित कार्यक्रममा ज्यापू समुदायका मौलिक एवं परम्परागत धुँन्या, धिमे तथा प्वंगाको विभिन्न २५ टोलका वाद्यवादकहरुले आ–आप्mनो प्रस्तुती दिएका थिए ।
१९ टोलका वाद्यवादकहरुले धुँन्या तथा धिमे प्रस्तुत गरेका थिए भने ६ टोलका वाद्यवादकहरुले धिमे र प्वंगाको प्रस्तुती गरेका थिए । परम्परागत सांस्कृतिक वाद्यवादनको संरक्षण तथा सम्वद्र्धनसँगै नेपालको ऐतिहासिक कला, संस्कृति र सम्पदाको उत्थान तथा विश्वका पर्यटकहरुलाई नेपालमा आकर्षित गरी पर्यटन व्यवसायीहरुलाई सहयोग पुर्याउन कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।
कार्यक्रमको काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल तथा पूर्व मेयर विद्या सुन्दर शाक्यले पानसमा बत्ति बालेर शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा ज्यापु महागुथिका अध्यक्ष सत्य नारायण डंगोल, ज्यापू महागुथी काठमाडौं समितिका अध्यक्ष पञ्चनारायण महर्जन तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्