११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिन निगमलाई सरकारको निर्देशन


4.836k
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धि फिर्ता लिएको छ ।

शनिवार नेपाल आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो ।

आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । शनिबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । बैठकपछि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल आयल निगमलाई प्रधानमन्त्रीले निर्देशन दिइसकेको बताउनु भयो । उहाँले आयल निगमले मूल्यवृद्धि फिर्ताको सूचना सार्वजनिक गर्ने बताउनु भयो ।

सरकारले मूल्य बृद्धि फिर्ता लिएसँगै इन्धनमा यसअघिको मूल्य कायम हुनेछ । त्यस्तै हवाइ इन्धनमा पनि प्रतिलिटर ८ रुपैयाँ बढाएको थियो । दशैं तिहारको मुखमा इनधनको भाउ बढाएपछि सरकारको आलोचना भएको थियो ।