२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भूराजनीतिले देशको अवस्था पेचिलो र जटिल बन्दै गयो : अग्निप्रसाद सापकोटा


0
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले भूराजनीतिक अवस्थाले गर्दा देशको अवस्था पेचिलो बन्दै गएको बताएको छ ।

आइतबार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भूराजनीतिक अवस्थाले देश पेचिलो र जटिल अवस्थामा रहेको बताउनुभएको हो । उहाँले सबै मिलेर मेहन गर्ने हो भने देखिएको समस्या समाधान हुने बताउनुभयो ।

उपाध्यक्ष सापकोटाले अहिले चुनौति भन्दा पनि बढी सम्भावना रहेको उल्लेख गर्दै चुनौतिमै सम्भावनाका ढोका खुल्ने जिकिर गर्नुभयो । उहाँले पार्टीले पछिल्लो समय देशमा आँधीबेहरी सिर्जना गरेको उल्लेख गर्दै माओवादीको सुदृढीकरण अभियान पनि सफल हुँदै गएको दाबी गर्नुभयो ।

उपाध्यक्ष सापकोटाले पार्टीमा आकर्षण बढेको र अन्य पार्टीका कार्यकर्ता र पार्टी बाहिरका मानिस हजारौंको संख्यामा प्रवेश गरिरहेको बताउनुभयो ।

पूर्वसभामुख सापकोटाले सरकार जनताका आवाज सुन्न तत्पर रहेको बताउनुभयो ।