५ चैत्र २०८१, मंगलबार | Wed Mar 19 2025


विद्यालय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस


793
Shares

काठमाडौं । सरकारले विवादास्पद विद्यालय शिक्षा विधेयक आइतबार प्रतिनिधिसभामा पेस गरेको छ ।

शिक्षामन्त्री अशोककुमार राइले प्रतिनिधिसभा बैठकमा विधेयक पेस गर्दै विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्न खोजेको बताउनुभयो । विधेयकले योग्य व्यक्तिहरु शिक्षण पेशामा आउन भन्ने उद्देश्य राखेको भन्दै मन्त्री राइले शिक्षक हक हितका लागि संगठित हुन पाइने तर कुनै दल विशेषको कार्यकर्ता हुनबाट रोकिने बताउनुभयो ।

विधेयकमा मातृभाषामा शिक्षा प्राप्त गर्ने, परम्परागत शिक्षालाई व्यवस्थित गर्ने लगायतका विषय पनि रहेको शिक्षामन्त्री राइले जानकारी दिनुभयो ।

शिक्षा विधेयक पेस हुनु अघि नेपाल मजुदर किसान पार्टीका सांसद प्रेम सुवालले उत्पादन र श्रमसँग जोड्ने गरी शिक्षा विधेयक नआएको तथा शिक्षकलाई तालिमको कुरा पनि नसेमिटएको भन्दै विरोधको सूचना दर्ता गराउनु भएको थियो । विरोधको उक्त सूचना अस्वीकृत भएपछि मन्त्री राइले विधेयक पेस गर्नुभएको हो ।

सरकारले शिक्षा विधेयक अघि सारेपछि नेपाल शिक्षक महासंघले असोज पहिलो साता राजधानी केन्द्रीत आन्दोलन गरेको थियो । सरकारले शिक्षक महासंघ र राहत शिक्षकहरुसंग विधेयक संशोधन गर्ने सहमति गरेको छ ।