
कोमल शेरचन र गृष्मा राजभण्डारी
काठमाडौं । आइतबार अक्टोवर १ तारिक, अर्थात् अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस । जेष्ठ नागरिकको सम्मान र अधिकारमा पुहँच पुर्याउने उद्देश्यले संयुक्त राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष १ अक्टोवरका दिन विश्वभर यो दिवस मनाइँदै आएको छ ।
नेपालको संविधान, २०७२ को धारा (४१) मा ‘जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ’ भनी उल्लेख छ । विभिन्न सरकारहरुले पनि बेलाबेलामा ज्येष्ठ नागरिकका लागि विभिन्न योजना ल्याएकै छन् तर योजनाहरु ज्येष्ठ नागरिकमैत्री नहुँदा त्यसै थन्किएर बसेका छन् । वर्षेनी विश्वभर जेष्ठ नागरिक दिवस मनाइँहदा नेपालमा पनि एकाध कार्यक्रम नहुने भने होइन । सरकारले जेष्ठ नागरिकका लागि सवारी साधनदेखि अस्पतालसम्म सहुलियत दिए पनि त्यो पयाप्त भने छैन । ज्येष्ठ नागरिकहरु सकारकले दिने वृद्धभत्ता लगायतका सुविधा अपुग भएको गुनासो गर्दछन् ।
सरकारले वृद्ध भत्ता बढाउनुभन्दा खाद्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न ज्येष्ठ नागरिक खगेन्द्र बहादुर श्रेष्ठको माग रहेको छ । त्यस्तै, अर्का ज्येष्ठ नागरिक कृष्ण नारायण श्रेष्ठले ज्येष्ठ नागरिकका विषयमा धेरै कुरा भइरहन्छन् तर लागु भने सरकारले गर्न नसकेको बताउनुहुन्छ ।
बुढयोलीले छोएपछी मानिस शारीरिक र मानसिक रुपले कमजोर हुन्छ नै, आफ्नो रेखदेखका लागि समेत परिवारका सदस्य गुर्हानु पर्ने अवस्था आउछ । नेपालको सन्दर्भमा भने त्यस्तो अवस्थामा हुने खानेले पनि अवहेलना सहनु पर्ने गरेको पाइन्छ भने १५ प्रतिशत जेष्ठ नागरिक वृद्धाश्रमको शरणमा पुग्ने गरेका छन् । नेपालमा हाल २५ लाखभन्दा बढी जेष्ठ नागरिक रहेको अनुमान छ । कतिको काम गर्ने इच्छाशक्ति हुँदा हुँदै पनि शरीरले नदिएका कारण दिन काट्न कठिन हुने अवस्थाबाट पनि गुज्रिनु परेको छ ।
परिवार हुँदा हुँदै विरक्तिनु पर्नेहरु मात्रै होइन, कतिपय त परिवारका सबै सदस्यको मृत्युका कारण एक्लो जीवन व्यतित गर्न बाध्य हुने वृृद्धवृृद्धाको संख्या पनि उलेख्ख्य छ । आखिर सबैले एक पटक भोग्ने पर्ने शारिरीक अवस्था हो बुढ्यौली । तसर्थ बुढेसकाललाई पनि सौहार्द जिउने वातावरण सिर्जना गर्नु राज्य र समाज दुवैको उत्तिकै दायित्व हो ।
प्रतिक्रिया दिनुहोस्