
फाइल तस्बिर
काठमाडौं । प्रहरीले दोलखामा चार किलो सुन बरामद गरेको छ ।
बिगु गाउँपालिका–१, लामाबगरबाट आइतबार चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ ।
गत बुधबार र शुक्रबार पनि दोलखाबाट करिब सात किलो सुन बरामद भएको थियो । प्रहरीले अनुसन्धान गर्ने क्रममा आज फेरि चार किलो सुन बरामद गरेको हो ।
दोलखा नाका हुँदै ल्याइएको ११ किलो सुन एक सातामा बरामद भएको छ । चीनसँगको फलेक नाका हुँदै सुन ल्याइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्