
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ पत्थरकोटबाट प्रहरीले ६ क्विन्टल रक्तचन्दनसहित आठ जनालाई पक्राउ गरेको छ ।
अर्घाखाँचीबाट ना ५ ख ७३८२ नम्बरको ट्रक र लु २ च १६३९ नम्बरको बोलेरो जिपमा कपिलवस्तु लैजाँदै गरेको ६ सय ५३ किलो १ सय ५० ग्राम रक्त चन्दनसहित कपिलवस्तु प्रहरीले आठ जनालाई पक्राउ गरिएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताउनुभयो ।
पथ्थरकोट प्रहरी चौकीबाट चेक जाँचका क्रममा रक्त चन्दनको काठ, २ वटा गाडी र ८ जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । रक्त चन्दनको काठ र पक्राउ गरिएको व्यक्तिलाई डिभिजन वन कार्यालय कपिलवस्तुमा पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्