
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले देशमा विधि विहीनताले पराकाष्ठा नाघेको बताउनुभएको छ ।
आइतबार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरणको जल्दाबल्दा सवाल विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको । उहाँले देशको सबैभन्दा ठूलो अग्रगामी कदमको रुपमा भ्रष्टाचार अघि बढीरहेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
कांग्रेस नेता केसीले भ्रष्टाचारमुक्त समाजको निर्माण नभएसम्म सुशासन कायम नहुने बताउनुभयो । उहाँले राज्यमा सुशासन भएन भने जनतामा अनुशासन नहुने भन्दै हरेक ठाउँमा अराजक मनोवृत्तिहरु विकास भइरहेको बताउनुभयो । नेता केसीले हामी नेपाली हौँ भन्ने भावनालाई खुला रुपबाट चुनौति दिएपनि कारबाही हुन नसकेको बताउनु भयो ।
नेता केसीले महंगी र मूल्यवृद्धिले नेपालका आम जनता हतोत्साही अवस्थामा रहेको बताउनुभयो । उहाँले रुपान्तरण र वैचारिक पुनःजागरण अहिलेको सबैभन्दा ठूलो आवश्यकता भएको बताउनुभयो । जबसम्म समानुपातिक निर्वाचन प्रणाली भएसम्म पार्टी नबन्ने बताउनुभयो ।
नेता केसीले यति ठूलो संख्यामा केन्द्रिय संसद, प्रदेश सभा आवश्यक नरहेको बताउनुभयो । उहाँले पार्टीमा सभापतिले जे निर्णय गर्छ त्यही सर्वमान्य हुने हो भने क्रियाशील सदस्यले सभापति चुन्ने विधानसहित सभापतिय पद्धतिमा जानुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्