१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


प्रधानमन्त्री दाहाल भएपनि सरकारको नेतृत्व कांग्रेसको छ : कांग्रेस नेता बडू


455
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता दिलेन्द्र बडूले प्राविधिक रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल भएपनि सरकारको नेतृत्व नेपाली कांग्रेसले गरिरहेको बताउनुभएको छ ।

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीमा बोल्दै नेता बडूले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकारको नेतृत्व कांग्रेसको रहेकाले जनतालाई आशा जगाउने गरी काम गर्नु आवश्यक रहेको बताउनुभयो ।

नेता बडूले पछिल्लो सरकारको नेतृत्व पनि कांग्रेसले नै गरेको भन्दै अहिलेको सरकारमा पनि सबैभन्दा ठूलो हिंसा रहेको बताउनुभयो । उहाँले सरकारको नेतृत्वमा भएर पनि राम्रो काम गर्न सकनौं भने काँग्रेसलाई जनताले नपत्याउने उल्लेख गर्नुभयो ।

नेता बडूले गठबन्धनको कारणले पनि सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो हुने गरेको स्मरण गर्नुभयो । उहाँले मुलुकको आर्थिक अवस्था जर्जर रहेको बताउनुभयो । उहाँले मुलुकका युवाहरु निराश मन लिएर खाडी मुलुक गइरहेका छन तर सरकार हेरेर मात्रै बसेको बताउनुभयो ।

नेता बडूले कांग्रेस सरकारमा छ तर जनतालाई निराशाबाट जगाउन र रोजगारी सिर्जना गर्ने काम के ग¥यो भन्दै प्रश्न गर्नुभयो । उहाँले अहिले पनि जनताले आशा गरेको पार्टी काँग्रेस नै भएको दाबी गर्नुभयो । उहाँले पछिल्लो समय जनताले नेताको भाषणमा अविश्वास गर्ने क्रम बढी रहेको बताउनुभयो ।

नेता बडूले कांग्रेसकोे २०७९÷०८०को आर्थिक वर्षमा आत्मनिर्भर अर्थतन्त्र बनाउने मुख्य नारा रहेको बताउनुभयो । उहाँले मुलुकभित्रै उत्पादन वृद्धि गर्ने, आयात कमी गर्ने र सरकारले चलाएर पनि चलाउन नसकेर बन्द भएका बन्द उद्योगहरुलाई पुनः सञ्चालन गर्ने योजना पनि रहेको बताउनुभयो ।

नेता बडूले वर्तमान सरकारलाई काँग्रेसले निर्देशित गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे उल्लेख गर्नुभयो ।