
काठमाडौं । नेकपा(एमाले)का सचिव तथा सांसद योगेश भट्टराईले प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा दुई देशका बीचमा उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद भट्टराईले प्रधानमन्त्रीले चीनसँग उच्चस्तरीय विश्वासको वातावरण बनाउन नसकेको बताउनुभएको हो । उहाँले भ्रमणका क्रममा ताइवान र तिब्बतको मुद्दामा चिनलाई विश्वस्त नसकिएको बताउनुभयो ।
सांसद भट्टराईले बिआरआई परियोजना चीनसँग नेपालको मुख्य एजेण्डा भएपनि सो एजेण्डामा प्रवेश नै नभएको बताउनुभयो । त्यस्तै, नेपालको चुच्चे नक्शा, लिपुलेक, लिम्पियाधुरामा भारत र चिनबीच भएको सहमति लगायतका विषयमा पनि भ्रमणमा कुरा हुन नसकेको भन्दै उहाँले चीनसँग गम्भिरताका साथ ‘डिलिङ’ हुन नसकेको बताउनुभयो ।
प्रधानमन्त्रीले तिर्थाटन गरेको र छुट्टी राम्रो गरी मनाउनु भएको सांसद भट्टराईले टिप्पणी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्