१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल : सांसद झा


442
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्रीको चिन भ्रमण औसत भन्दा सफल रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले प्रधानमन्त्रीको चीन भ्रमण औसत भन्दा सफल रहेको बताउनुभएको हो । उहाँले भ्रमणलाई असफल भन्नु नहुने बताउनुभयो ।

सांसद झाले प्रधानमन्त्रीले अमेरिका, चीन र भारतको भ्रमणमा आर्थिक, वातावरण, भाइचारा र संस्कृतिका मुद्दाहरु बढी उठाउनुभएको बताउनुभयो । राजनीतिक मुद्दा उठाउन प्रधानमन्त्री सजग हुनुभएको भन्दै उहाँले प्रधानमन्त्रीले भ्रमणका क्रममा कुनै राजनीतिक जोखिम लिन नचाहेको बताउनुभयो ।

सांसद झाले चीन भ्रमणको क्रममा नेपालको चुच्चे नक्शाको सन्दर्भमा कुरा नउठाएकोप्रति रास्वपाको प्रश्न रहेको पनि बताउनुभयो ।