२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीच विश्वासको वातावरण थप गरेको छ : लेखक


104
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका विचमा थप विश्वासको वातावरण सिर्जना भएको बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको चिन भ्रमणले दुई देशका बिचमा विश्वासको वातावरण थप गरेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गर्नुभयो ।

प्रमुख सचेतक लेखकले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताउनुभयो । बैठकले समानस्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै बैठक कुटनीतिक रुपमा सफल भएको बताउनुभयो ।

प्रधानमन्त्रीले विदेश भ्रमणबाट के ल्यायो भनेर मगन्तेको जस्तो कुरा गर्नु नहुने बताउनुभयो ।