
काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपाल र दक्षिण कोरियाको खेल जारी रहेको छ ।
ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा भईरहेको खेलको पहिला सेट दक्षिण कोरियाले २५–२१ ले जितेको छ ।
पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल सोमबार जितको खोजीमा छ । दक्षिण कोरिया पनि आफ्नो पहिलो खेलमा भियतनामसँग ३–२ को सेटमा हारेको थियो । नेपाल र दक्षिण कोरियाको सोमबारको खेल प्रतिष्ठाको लडाई मात्रै बनेको छ ।
विश्व भलिबल वरियतामा भियतनाम ३९ औं स्थानमा रहेको छ भने दक्षिण कोरिया ४० औं स्थानमा रहेको छ ।
नेपाल भने भलिबलको विश्व वरियतामा प्रवेश गर्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्