२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


एमाले कोशी प्रदेश अधिवेशन : आज १ बजेदेखि मतगणना


286
Shares

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सोमबार दिउँसो गरिने भएको छ ।

आइतबार राति साढे १० बजेदेखि सुरु भएर सोमबार बिहान साढे ५ बजे मतदान सकिएको मतदानको मत गणना सोमबार दिउँसो १ बजेदेखि गर्ने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा कूल ९ सय ९७ मतदातामध्ये ९ सय ७७ मत खसेको जनाइएको छ । अध्यक्षमा दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच प्रतिस्पर्धा भएको हो ।

अधिवेशनबाट ५ पदाधिकारीसहित २ सय १५ सदस्यीय समिति निर्माण हुनेछ ।