२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दाङमा बस दुर्घटना हुँदा १४ जना घाइते


221
Shares

काठमाडौं । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गको बबईसोतामा १६ जना यात्रु सहितको ग १ ख ८४८५ नम्बरको बस पुलबाट करिब १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछापका रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बसमा १६ जना यात्रु रहेकामध्ये दुई जनालाई सकुसल उद्धार गरिएको छ ।