
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको सम्पूर्ण कार्यकारी अधिकार रेशम चौधरीले लिने भएका छन् ।
पार्टीले सम्पूर्ण कार्यकारी अधिकार संरक्षक चौधरीलाई दिने निर्णय गरेको हो ।
हालै सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका सम्पूर्ण कार्यकारी अधिकार चौधरीलाई दिने निर्णय गरेको जानकारी गराइएको छ ।
बैठकले प्रथम महाधिवेशन आयोजक समितिको संयोजकसमेत दिँदै चौधरीलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरेको हो ।
यस्तै, बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म कैलालीको टीकापुरमा गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्