१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


यौन दुर्व्यवहारमा मुछिएका एसएसपीले दिए राजीनामा


1.495k
Shares

काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका एसएसपी योगबहादुर पालले राजीनामा दिएका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक पालले राजीनामा पेश गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिनुभयो । राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको कडायतले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेश कार्यालयमा रहँदा एसएसपी पालले दुर्व्यवहार गरेको भन्दै एकजना महिला सहायक हवलदारले उजुरी गरेकी थिइन् । डीआईजी सुरेन्द्र मैनाली नेतृत्वको छानबिन समितिले पाललाई बर्खास्त गर्न सिफारिस गरेको थियो ।

छानबिनका लागी गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।