११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर


286
Shares

काठमाडौं । ट्राफिक सप्ताह अन्तर्गत उपत्यका ट्राफिक कार्यालयले सोमबार राजधानीको गाेंगबु बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

शिविरमा नाक, कान, घाँटी परामर्श तथा परिक्षण गरिएको हो ।

सोमबार सञ्चालन गरिएको शिविरमा बसपार्कका कर्मचारी, चालक, सहचालक, तिनका परिवार र बसपार्कमा खटिने ट्राफिक प्रहरीलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको हो ।

शिविरमा ओम अस्पताल, तिलगंगा आँखा केन्द्र, सिल्भरलाइन अस्पताल, जनमैत्री अस्पताललगायतका अस्पतालहरुले निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।