
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताउनुभएको छ ।
हेटौंडास्थित रेडियो सन्देश, निकास साप्ताहिक र थाहा नेपालको संयुक्त वार्षिकोत्सव सोमबार उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले वर्तमान सरकारले युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने अभियान सुरु गर्ने विश्वास दिलाउनुभयो ।
देशलाई भ्रष्टाचारले खोक्रो बनाएका कारण पनि समृद्धिका लागि सुशासन अनिवार्य रहेको उल्लेख गर्दै गृहमन्त्री श्रेष्ठले यस अभियानमा साथ र सहयोग गरिदिन आग्रहसमेत गर्नुभयो । उहाँले राजनीतिक परिवर्तनको अभियान खाडीमा रगत पसिना चुहाउनेलाई देशमा फर्काउनु रहेको बताउनुभयो ।
राष्ट्रका लागि गरेको योगदानका आधारमा दिने पदक निश्चित व्यक्तिको चलखेलमा सिफारिस हुने गरेको अवस्थालाई तोडेर पदकको मूल्यांकन उच्च राख्नका लागि तत्काल रोक्ने निर्णय गरिएकोे गृहमन्त्री श्रेष्ठले जानकारी दिनुभयो ।
गृहमन्त्री श्रेष्ठका अनुसार पदक लिनेले किनेको जस्तो र सिफारिस गर्नेले बेचेको जस्तो अवस्था देखिएकाले पदकको गरिमा नै आँच आउने देखिएकाले यस्तो निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्