
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरु आफैं जेल जाने बताउनुभएको छ ।
सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताईरहेका बेला महासचिव पोखरेलले सत्तारुढ दलका नेताहरुको शासकीय चरित्रनै भ्रष्टाचार लाएको आरोप लगाउँदै उनीहरुनै जेल जाने जिकिर गर्नुभएको हो । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उहाँले एमाले सधैँ सुशासनको पक्षमा रहेको दावी समेत गर्नुभयो ।
महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरु भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहो¥याउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताउनुभयो ।
महासचिव पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व पनि एमालेले नै गरेको बताउनुभयो । उहाँले पद प्राप्तको विषयलाई प्राथमिकतामा नराख्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनुभयो । मुलुकको भाग्य र भविष्य निर्माणको विषय नै सिंगो पार्टीको साझा लक्ष्य भएकाले एमालेका सबै नेता, कार्यकर्ताहरुले एकता भएर सो लक्ष्य प्राप्तीमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।
महासचिव पोखरेलले मिशन २०८४ पूरा हुनेगरी एमाले एक्लैले बहुमतको सरकार बनाउने योजनाका साथ सिंगो पार्टी पंक्ति एकता भएर अघि बढनुपर्ने बताउनुभयो । उहाँले जनताको रोजाईको पार्टी भएकाले एमाले एक्लैले बहुमत ल्याएर सरकार सञ्चालन गर्नेपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्