२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पीडामा रहेका नागरिकलाई न्याय दिनुपर्ने चुनौति छ : वर्षमान पुन


156
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पीडामा रहेका नेपाली नागरिकलाई न्याय दिनुपर्ने चुनौति रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा आयोजित अन्तर्राष्ट्रिय अहिंसा दिवस र गान्धी जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताउनुभएको हो । उहाँले आज पनि शान्ति प्रक्रियाका केही काम बाँकी रहेको उल्लेख गर्दै त्यसलाई सबै राजनीतिक पार्टीहरु मिलेर टुंग्याउनुपर्ने बताउनुभयो ।

उपमहासचिव पुनले विगतका राजनीतिक संघर्षका क्रममा पीडामा परेका जनतालाई न्याय दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले राजनीतिक दलहरुमाथि उठेका प्रश्नको सकारात्मक उत्तर दिन आवश्यक रहेको बताउनुभयो ।

उपमहासचिव पुनले स्थायी शान्ति र दीर्घकालीन वातावरणमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।