२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


असोज मसान्तभित्रै वृहत आर्थिक बहस आयोजना गर्ने महासंघको निर्णय


273
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल सरकार सहित सबै सरोकारवालाहरूसंग यही महिनाको मसान्तभित्र बृहद आर्थिक बहस कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोमबार बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले अर्थतन्त्रका समस्याहरुको ठोस समाधानका लागि सबै सरोकारवालाहरूलाई एउटै ठाउँमा राखेर बहस गर्ने निर्णय गरेको हो ।

यस्तै, निजी क्षेत्रको तर्फबाट सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउन नेपाल सरकारसंग सहकार्य गर्ने निर्णय पनि बैठकले गरेको छ ।

देशका ७७ वटै जिल्लाका व्यवसायीहरूको सहभागितामा वृहत लगानी कम्पनी स्थापना गरी ठूला तथा बहुआयामिक आयोजनाहरूमा लगानी गर्ने निर्णय पनि बैठकले गरेको छ ।