२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ


533
Shares

काठमाडौं । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा समापन हुँदैछ ।

गणेश, भैरव र कुमारीको रथयात्रा सोमबार रातिदेखि विधिवत् समापन हुँदैछ ।

जात्राको अन्तिम दिन सोमबार कुमारी, गणेश र भैरवको रथ कुमारी घरबाट महिलाहरुले तानेर प्याफल, यट्खा, नरदेवी, किलागल, इन्द्रचोक, मख्खन, हनुमानढोका हुँदै पुनः कुमारी घरमा पुर्‍याउने छन् ।

आजको दिनलाई नानीचाया भनिन्छ । विगत ८ वर्षदेखि महिलाहरुले पनि नानीचायाको दिन रथ तान्दै आएका छन् । त्यस क्रममा लाखेनाच, पुलुकिसी, अष्टमात्रिका नाच, आकाश भैरबको तान्त्रिक नाच पनि प्रदर्शन गरिएको छ ।

यो पर्व ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका जिल्लाहरुमा पनि मनाउने गरिन्छ । भाद्र द्वादशीका दिन बसन्तपुर दरबार अगाडि इन्द्रध्वजारोहणसँगै सुरु भएको इन्द्रजात्रा सोमबार राति विधिवत रुपमा समापन हुने छ ।