
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आगामी बैशाखमा गर्ने निर्णय गरेको छ ।
आफ्नो वार्षिक कार्यतालिका सार्वजनिक गर्दै बोर्डले १२ को वार्षिक परीक्षा २०८१ को वैशाख पहिलो सातादेखि सञ्चालन गर्ने जनाएको हो ।
वार्षिक परीक्षाका लागि पुस १ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने कार्यतालिका तोकिएको छ । परीक्षा सम्पन्न भएको ४५ दिनभित्र नतिजा सार्वजनिक गर्ने पनि बोर्डले जनाएको छ ।
यस्तै, कक्षा ११ को वार्षिक परीक्षा जेठ पहिलो साता गर्ने र त्यसका लागि पुस १५ गतेदेखि माघ १५ गतेसम्म फारम भर्ने समयावधि तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्