
काठमाडौं । बाग्लुङस्थित नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको पहिलो सिकारयाम सुरू भएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले तोकेको अवधिको पहिलो शिकारयाम बुधबारदेखि सुरू हुदैछ । विभागले असोजदेखि मङ्सिरको पहिलो यामका लागि आठ वटा नाउर, आठ वटा बँदेल र चार वटा झारलको सिकार गर्ने अनुमति दिएको छ ।
यस पटक अमेरिकाबाट पाँच जना तथा रुस, बेलारुस र जर्मनीबाट एक एक जना शिकारी पर्यटक शिकारका लागि जाने भएका छन् । आरक्षका कर्मचारीसहित जाने उनीहरूले आफूले प्राप्त गरेको कोटाका आधारमा मात्रै सिकार खेल्न सक्नेछन् ।
विभागले बोलपत्रमार्फत विश्वका धनाढ्य सिकारीबीच प्रतिस्पर्धा गराएर सिकार खेल्न अनुमति दिने गरेको छ । एउटा नाउरको सिकार खेल्न १० देखि २० लाख रुपैयाँसम्म तिर्नु पर्दछ । शिकारीहरुलाई आरक्षभित्र १५ दिन बस्ने अनुमति दिने गरिएको छ ।
उक्त अवधिमा शिकार गर्न नसके उनीहरु खाली हात फर्कनु पर्दछ । विसं २०४४ मा स्थापना भएको सिकार आरक्ष बाग्लुङ, पूर्वीरुकुम र म्याग्दी जिल्लामा फैलिएको छ । आरक्षको सुरक्षाका लागि नेपाली सेना तैनाथ हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्