
काठमाडौं । भरतपुर महानगरपालिकामा विरूवा उखेल्ने महिला सोमबार पक्राउ परेकी छन्।
भरतपुर –३ अन्तर्गत सहिदचोक–बेलचोक सडकखण्डमा रोपिएको विरुवा उखेल्ने २८ वर्षकी खुस्बी रौनियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
सिसीटिभी फुटेजको आधारमा रातको समयमा आफ्नै पसल अगाडि रहेको विरुवा उखलेर फालेको अभियोगमा रौनियारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनले घर अगाडि रुख ठूलो भई असर पार्ने जनाउँदै विरुवा उखालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
गत शुक्रबार भरतपुर महानगरपालिकाले वृक्षरोपण महाअभियानअन्तर्गत महानगरपालिका प्रमुख रेनु दाहाललगायतको उपस्थितिमा सडकमा विरुवा रोपिएको थियो।
प्रतिक्रिया दिनुहोस्