
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृतले एलिस अलब्राइटले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा गत भदौ १३ गतेदेखि कार्यान्वयनमा आएको एमसीसी परियोजनाको कार्य प्रगतिमाथि छलफल भएको बुझिएको छ ।
गत आइतबार नेपाल आउनु भएकी अलब्राइटले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला लगायतसँग भेटवार्ता गर्नुभएको थियो । अमेरिका र नेपालबीच एमसीसी सम्झौतामा भएको ६ वर्षपछि एमसीसी परियोजना कार्यान्वयनमा आएको हो ।
आयोजना कार्यान्वयनमा गए पनि योजनाको डिजाइन, जग्गा अधिग्रहण, मुआब्जा लगायतका समस्याहरु उत्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस्