
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाले आगामी तीन दिनसम्म किसानलाई धान नकाट्न आग्रह गरेको छ ।
उपमहानगरपालिकाले मौसम बदली हुने क्रम जारी रहेको भन्दै मोबाइलमा एसएमएस पठाएर किसानलाई सतर्क बनाएको हो । नगर क्षेत्रमा माइकिङ समेत गरेर सचेत बनाइएको छ ।
तराइमा धान पाकिसकेकाले धान काट्ने तयारी भईरहेको छ । यसैबीच, मौसम पूर्वानुमान महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबार पनि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको र भारतको दक्षिण–पश्चिम बिहार, छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यून चापीय रेखाको प्रभाव परेकाले अझै केहिदिन वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुनी सूचनालाई उद्धृत गर्दै धनगढी उपमहानगरपालिकाले कृषकहरुलाई सो आग्रह गरेको हो ।
प्रतिक्रिया दिनुहोस्