२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025

भारतको झारखण्डमा वर्षाका कारण आठ जनाको मृत्यु


260
Shares

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डमा भारी वर्षा, बाढी र चट्याङका कारण आठ जनाको मृत्यु भएको छ ।

वर्षा र बाढीले झारखण्डका झुपडीहरु भत्कदा सयौं अलपत्र परेका छन् । भारतको मौसम विभागका अनुसार केही देखि जारी भारी वर्षाका कारण आएको बाढी र डुबानका कारण अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

सयौ घर डुबानमा पर्नुका साथै बिजुली आपुर्ती बन्द हुँदा उनीहरु अँध्यारोमुनि बस्न बाध्य छन् । अविरल वर्षाका कारण सय भन्दा बढी घरहरुमा क्षति पुगेको छ । बाढी ग्रस्त क्षेत्रका आधिकांश सडकहरु डुबानमा पर्नुका साथै नदीहरूमा पानीको बहाव खतराको तहसम्म पुगेको छ ।

मौसम विज्ञान विभागले भारी वर्षा अझै केहि दिन रहने भन्दै सतर्क रहन अपील जारी गरेको छ ।