
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकरावले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताउनुभएको हो ।
मंगलबार प्रतिनिधि सभा अन्तरर्गतको अर्थसमिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको तालमेलमा समन्वय नभएको भन्ने गुनासो लामो समयदेखि आएको भन्दै यस्तो बताउनुभएको हो ।
उहाँले सरकारले मुलुकको अर्थतन्त्र सुधार गर्नको लागि उपभोक्ताको समेत अपेक्षालाई समेटर सरकारले माइक्रो अर्थतन्त्रलाई पनि सँगै ध्यान दिनुपर्ने बताउनुभयो । सरकारले अर्थतन्त्र सुधारको आधार जलविद्युत र निर्यात वृद्धि मान्ने बताउनुभयो । डा.वाग्लले जलविद्युतको समग्र हेर्दा कुल गार्हस्थ्य उत्पादनमा जम्मा १ प्रतिशत मात्रै रहेको बताउनुभयो ।
उहाँले ३ हजार मेगावाट जडित क्षमतामा १ प्रतिशत मात्रै भएको भन्दै सानो अंशले कति अर्थतन्त्रमा योगदान गर्न नसक्ने बताउनुभयो । डा.वाग्लले सरकारले गरेको बजेट वक्तव्यको बुँदा नम्बर २९ देखि ४६ सम्म बजेट प्रणालीका सुधार र पुँजीगत खर्चको प्रभावकारीता बारेमा बारेमा बनाएको कार्ययोजनाको कार्यप्रगति समितिलाई दिन काम गर्नुभयो ।
उहाँले भारतका मधेस प्रदेशका मुख्यमन्त्रीले पशुपति दर्शन गर्न जाऔं भनेर १ लाख भारतीय रुपैयाँ दिएर पठाएका भारतीय पर्यटकहरु हवाई उडानमार्फत आइरहेको बताउनुभयो । उहाँले नेपालमा भारतमा चुनावी प्रसंगमा इडिओसिङक्राटिक नीति प्रतिफल स्वरुप पर्यटक वृद्धि भएको जस्तो देखिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्