
काठमाडौं । मंगलबार बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित भएको छ ।
बैठक मंगलबार दिउँसो २ बजे बस्ने कार्यतालिका रहेको थियो । बैठक बस्नु केहिबेर अघि प्रदेशसभा सचिवालयले बैठक स्थगित गरिएको सूचना टाँसेको हो ।
प्रदेशसभा बैठक बुधबार ४ बजे बस्ने जनाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने आफ्नाे माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएको छ ।
प्रतिक्रिया दिनुहोस्